एनपीएलका लागि एक्स्ट्रीमले ल्यायो ‘एक्स्ट्रीम एन्थम’
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ । हरेक चौका–छक्कामा उर्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गर्दै एन्थम ल्याइएको एक्सट्रीम इनर्जी ड्रिंक्सले बताएको छ ।
एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ ।
खेलाडीहरूको जित्ने अठोट, टोलीप्रति समर्थकहरूको अटुट विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई संगीतको माध्यमबाट जोड्दै कम्पनीले क्रिकेटप्रेमीहरूको भावनासँग अझ नजिकिने प्रयास गरेको छ ।
युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को सङ्गीत सिर्जना तथा संयोजनमा ‘एक्स्ट्रीम एन्थम’ तयार गरिएको हो । यसको निर्माणको काम भने ‘एनएफटीपी’ टिमले गरेको हो ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै तयार गरिएको यस एन्थमले खेलको उत्साहलाई नयाँ सांगीतिक अभिव्यक्ति दिएको छ । मैदानमा खेलाडीहरूले प्रदर्शन गर्ने जोश र दर्शकहरूले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतार्दै यसले क्रिकेटको माहोललाई अझ जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।
क्रिकेटको जोश, संगीतको ताल र समर्थकहरूको अटुट साथलाई एउटै धड्कनमा जोड्ने ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
एनपीएलमा समर्थकले पाउनेछन् मन पर्ने टिमको लोगो अंकित एक्सट्रीम इनर्जी ड्रिंक्सको क्यान
म्याक्स टाइगरमा थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल
महालक्ष्मीका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशत छुट





