नेभिगेशन
कर्पोरेट

म्याक्स टाइगरको क्यान खोल्दा ३ जनाले जिते बाइक र स्कुटर

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जनाले पुरस्कार जितेका छन् ।

बनेपाका कुमार राज र धादिङ गल्छीका सञ्जोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता सञ्जोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन ।’ 

म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो ।

अभियानअन्तर्गत १८ जना उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेको म्याक्स टाइगरले जनाएको छ । 

MT-price-2-1791971558.jpeg
MT-_-price-3-1791971571.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट