राष्ट्रिय टोलीका ९ क्रिकेटरसँग एक्स्ट्रिमको साझेदारी
एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना खेलाडीलाई ‘टिम एक्स्ट्रिम’का सदस्यका रूपमा आबद्ध गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो ।
सम्झौतापछि कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’का सदस्य बनेका छन् ।
अब यी खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोगो रहनेछ । साथै, एक्स्ट्रिम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि यी खेलाडीहरू सहभागी हुनेछन् ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राखेर उनीहरुसँग सहकार्य गरेको एक्स्ट्रिम इनर्जी ड्रिंकले जनाएको छ ।
कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारेको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा रेग्मीको बढुवा
म्याक्स टाइगरको दशैं धमाकामा ३६ बाइक र कार जित्न सकिने
दराजबाट सामान किन्दा महालक्ष्मीका ग्राहकलाई छुट
ग्लोबल आइएमई बैंकको साधारणसभा, डिजिटल बैंकिङ प्रणालीमा थप लगानी गर्ने बाचा





-1790780961.jpg)



