दराजबाट सामान किन्दा महालक्ष्मीका ग्राहकलाई छुट
महालक्ष्मी विकास बैंकले अनलाइन सपिङ प्लाटफार्म दराजसँगको सहकार्यमा महालक्ष्मी महासोमबार योजना सञ्चालन गर्ने भएको छ ।
यो योजना अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराज मार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन् ।
बैंकका डेबिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत १९९९ रुपैयाँको सामान किन्दा न्यूनतम १० प्रतिशत र अधिकतम ७५० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
त्यस्तै क्रेडिट कार्ड लिएका ग्राहकहरुले १९९९ रुपैयाँको बराबरको सामान किन्दा १५ प्रतिशत वा अधिकतम १००० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
यो योजना हरेक सोमबार मात्र लागु हुनेछ भने सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
यस प्रकारका योजना मार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा प्रोत्साहन गर्न खोजेको छ ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा रेग्मीको बढुवा
राष्ट्रिय टोलीका ९ क्रिकेटरसँग एक्स्ट्रिमको साझेदारी
म्याक्स टाइगरको दशैं धमाकामा ३६ बाइक र कार जित्न सकिने
ग्लोबल आइएमई बैंकको साधारणसभा, डिजिटल बैंकिङ प्रणालीमा थप लगानी गर्ने बाचा





-1790780961.jpg)



