म्यादी प्रहरीको कपडा खरिद प्रकरणः छानबिन होइन, अध्ययन समिति गठन
१६ असोज, काठमाडौं । म्यादी प्रहरीका लागि कपडा खरिदमा भएको भनिएको अनियमितताबारे सार्वजनिक लेखा समितिले अध्ययन गर्ने भएको छ । यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति बनेको छ ।
समितिमा सांसदहरु ऐन महर,योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्वु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् । समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्नेछ ।
रास्वपा सांसद खगेन्द्र सुनारले यो विषय उठाउँदै आएका छन् । अघिल्लो एउटा बैठकमा त सांसद सुनार र प्रहरी प्रमुख दानबहादुर कार्कीबीच विवाद समेत भएको थियो । शुक्रबारको बैठकमा पनि सांसद सुनारले प्रश्न उठेपछि पनि समितिले चासो नदेखाएको भन्दै प्रश्न उठाएका थिए ।
राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले भने छानबिनअघि सम्बन्धित तथ्य, आधार र प्रतिवेदन अध्ययन गर्नुपर्ने बताएकी थिइन् । उजुरी परिसकेपछि समितिले चासो नराख्ने भन्ने नभए पनि सामाजिक सञ्जालमा आएका, सुनेका वा भनिएका विषयका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने उनको जोड थियो ।
बैठकमा रास्वपा सांसद मनिष झाले उठेका प्रश्नहरुको निरूपण गर्न आवश्यक रहेको भन्दैसमिति बनाउने प्रस्ताव गरे । एमाले सांसद ऐन महरले समर्थन गरे । नेपाल प्रहरीजस्तो संस्थामाथि प्रश्न उठिसकेपछि यत्तिकै छाड्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्नसक्ने उनको तर्क थियो । त्यसका लागि छानबिन नभनेर ‘अध्ययन तथा अन्वेषण समिति’ गठन गर्न सुझाए ।
बालेनहरू नभएको संसद फर्काउने खेल, सफल होला बुढा नेताहरुको आन्दोलन ?
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'

-1790607905.png)




-1790780961.jpg)
