नेभिगेशन
राजनीति

१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकालगायत १३ देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजदूतहरुको नाम टुंगो लगाएको हो । 

जसअनुसार भारतका लागि नेपाली राजदूतमा सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे सिफारिस भएका छन् । उनी पूर्वमन्त्री रमेशनाथ पाण्डेका छोरा समेत ह्न् । 

त्यस्तै चीनका लागि नेपाली राजदूतमा कल्याणराज शर्माको नाम सिफारिस भएको छ । शर्मा चीन मामिलाका विज्ञ हुन् । अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापा सिफारिस भएका छन् । उनी सुरक्षा विज्ञ हुन् । 

बेलायतका लागि नेपाली राजदूतमा पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा सिफारिस भएका छन् । 

कुन देशका लागि को राजदूत ?

१. निश्चलनाथ पाण्डे– भारत 
२.  कल्याणराज शर्मा– चीन
३. चिरनजंग थापा–अमेरिका
४.गौरव शमशेर जंगबहादुर राणा–संयुक्त अधिराज्य (यूके) 
५. प्रा. डा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया
६. जिग्यानकुमार थापा – जापान
७. सुरेशकुमार कर्ण – इजरायल
८. प्राप्ति शेरचन – स्पेन
९. पद्माक्षी राणा– ओमान
१०. चूडामणि खरेल– मलेसिया
११. शरू जोशी– जर्मनी
१२. गिरीबहादुर सुनार– साउदी अरेबिया 
१३. डा. मंचला झा– श्रीलंका

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति