नेभिगेशन
कर्पोरेट

महालक्ष्मी विकास बैंकले रोटरीमार्फत शिक्षा क्षेत्रमा सहयोग गर्ने 

महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार रोटरी क्लबहरुले सामुदायिक विद्यालयमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धनका लागि गर्ने काममा महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम दिनेछ । 

सामुदायिक विद्यालयमा शौचालय निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी काम, कम्प्युटर ल्याब स्थापना लगायतका परियोजनामा बैंकले रोटरी क्लबसँग सहकार्य गर्ने जनाएको छ । 

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजानिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट