अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
नेपाली अडियो तथा वेयरेबल उत्पादक अल्टिमा लाइफस्टाइलले सुनसरीको इटहरीमा आफ्नो १० औँ आउटलेट सञ्चालनमा ल्याउँदैछ । नयाँ आउटलेटको उद्घाटन असोज ३ मा हुनेछ ।
अल्टिमाले पूर्वी नेपालको दमक र धरानमा यसअघि नै आउटलेट सञ्चालनमा ल्याइसकेको छ भने मधेशको जनकपुरमा पनि आउटलेट खोलिसकेको छ ।
इटहरीमा खुल्ने नयाँ आउटलेटमार्फत इटहरी तथा आसपासका ग्राहकले स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंकलगायत अल्टिमाका विभिन्न लाइफस्टाइल टेक्नोलोजी उत्पादन सहज रुपमा पाउन सक्ने अल्टिमा लाइफस्टाइलले जनाएको छ ।
इटहरीमा नयाँ आउटलेट सञ्चालनको अवसरमा अल्टिमाले एक्सक्लुसिभ अफर, लञ्च डिल र कस्टमर रिवार्ड जस्ता योजना पनि ल्याएको छ । इटहरी आउटलेटका पहिलो १० जना खरिदकर्ताले निःशुल्क अल्टिमा ग्याजेट पाउनेछन् ।
त्यस्तै असोज ३ देखि १० गतेसम्म अल्टिमाका सबै आउटलेटहरूमा विभिन्न उत्पादनहरूमा छुट दिइएको छ । बुम स्लिक इयरबडस् ९९९ रुपैयाँमा दिइएको छ । बुस्ट २० के प्रो पावर ब्याङ्क २ हजार ९९ मा, फ्लेक्स स्मार्ट वाच २ हजार १९९ मा र क्लियर माइक र मार्भेल स्पिकर २ हजार ९९९ मा दिइएको छ । यस्तो मौका हरेक दिन ९९ जना ग्राहकले मात्र पाउनेछन् ।
अल्टिमाले यही अवसरमा केही नयाँ उत्पादन पनि बजारमा छुट मूल्यमा ल्याएको छ । ग्राहकले अल्टिमा औरा ३ हजार ४९९ मा, बास ४३० हेडफोन १ हजार ९९९ मा र बुमबक्स १३० १९ हजार ९९९ मा पाउनेछन् ।
धेरै मूल्यका सामान किन्नेहरुलाई पनि केही सामान सित्तैमा दिइएको छ । ८ हजार भन्दा माथिको खरिदमा बुम स्टिक इयरबडस्, १० हजार भन्दा माथिको खरिदमा बुस्ट २० के प्रो पावर ब्याङ् र १२ हजार भन्दा माथिको खरिदमा फ्लेक्स स्मार्टवाच निशुल्क पाइने अल्टिमाले जनाएको छ ।
यो अभियानका क्रममा अल्टिमाले स्पिन द ह्वील पनि आयोजना गरेको छ । जसमा २० लाख बराबरको पुरस्कार जित्ने अवसर छ । यसमा एक जोडीलाई थाइल्याण्ड टुर, सुनको सिक्का, एयर कन्डिसनर, टेलिभिजन, वासिङ मसिन र अल्टिमा ग्याजेट लगायतका पुरस्कार राखिएको छ । यसबाहेक पनि ग्राहकहरूले अल्टिमा लाइफस्टाइलको सबै उत्पादनमा ६० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
कुमारी बैंक पीसीएएफमा आवद्ध








