वेल्ला ग्याजेट्स अल्टिमाको डायमन्ड टियर रिसेलर
अल्टिमा लाइफस्टाइलले काठमाडौंको शंखमूलस्थित वेल्ला ग्याजेट्सलाई डायमण्ड टियर आधिकारिक रिसेलरका रूपमा आबद्ध गरेको छ। वेल्ला ग्याजेट्सको आबद्धतासँगै अल्टिमा लाइफस्टाइलको काठमाडौंस्थित खुद्रा सञ्जाल थप विस्तार भएको छ।
यसले शंखमूल तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अल्टिमाका उत्पादनहरू सहज रूपमा खरिद गर्ने अवसर प्रदान गर्नेछ। अल्टिमाले आफ्नो बजार पहुँच विस्तार गर्नुका साथै ग्राहकहरूलाई आधिकारिक बिक्री केन्द्रमार्फत सक्कली उत्पादन उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।
नयाँ साझेदारीसँगै वेल्ला ग्याजेट्सले अल्टिमा लाइफस्टाइलको ११.११ अभियान अन्तर्गत ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष अफरहरू उपलब्ध गराउनेछ। यस अभियानमार्फत ग्राहकहरूले अल्टिमाका निश्चित अडियो तथा वेयरेबल उत्पादनहरूमा विशेष मूल्य तथा छुटको लाभ लिन सक्नेछन्।
अल्टिमा लाइफस्टाइलले उद्घाटनको दिनका लागि विशेष उपहार योजनाको घोषणा गरेको छ। नोभेम्बर ६, २०२६ मा बिहान १०:०० बजेदेखि वेल्ला ग्याजेट्समा खरिद गर्ने पहिलो १० जना ग्राहकले अल्टिमा बुम स्लिक इयरबड्स निःशुल्क प्राप्त गर्नेछन्।
ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका अडियो तथा वेयरेबल उत्पादनहरू अब वेल्ला ग्याजेट्स, शंखमूल, काठमाडौं बाट खरिद गर्न सक्नेछन्।
म्याक्स टाइगरमा नौ जनाले जिते मोटरसाइकल र स्कुटर
अब नेपा एपले सझाउँछ पानी पिउने समय
एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सहकार्य
एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल



-1793372443.jpeg)

-1793700912.jpeg)


