एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्कले चाँदीको बल दिएको छ ।
खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले एक्स्ट्रिमले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कार दिएको जनाएको छ ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ ।
ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले चाँदीको बल पाउनेछन् ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल पाउने पहिलो खेलाडी बनेका छन् ।
एनपीएलका लागि एक्स्ट्रीमले ल्यायो ‘एक्स्ट्रीम एन्थम’
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमको १० फ्यान जोन
एनपीएलमा समर्थकले पाउनेछन् मन पर्ने टिमको लोगो अंकित एक्सट्रीम इनर्जी ड्रिंक्सको क्यान








