देशैभरि पर्न सक्छ पानी, बाढी पहिरोको जोखिम कति ?
बुधबारदेखि नेपालमा फेरि पानी पार्ने मौसम प्रणाली प्रवेश गर्दैछ । बंगालको खाडीमा विकसित भएको एउटा मौसम प्रणाली माथि माथि सर्दै बुधबार नेपाल आइपुग्नेछ ।
बुधबार नेपाली आकाश बादलले ढाक्नेछ भने बिहीबारदेखि पानी पर्नेछ । नेपालको कोशी, बागमती र गण्डकी क्षेत्रमा धेरै पानी पर्ने मौसम पूर्वानुमान छ ।
नेपालबाट यस वर्षको मनसुन बाहिरिइसकेको छ । मनसुन सक्रिय रहेको समयमा भदौ र असोज महिनामा नेपालमा ठूलो बाढी आयो ।
भदौ १० गते भोटेकोशीमा बाढी आउँदा रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भयो भने असोजको दोस्रो हप्ता आएको ठूलो बाढीले कालीगण्डकीमा ठूलो बाढी आउँदा म्याग्दी, पर्वत र बागलुङमा दर्जनौं घर बगाए । मनाङमा मस्र्याङ्दी थुनिएर चामे बजारमा धेरै जोखिम भयो ।
अहिले मनसुन बाहिरिए पनि पानी पार्ने मौसम प्रणाली विकास हुँदा धान थन्क्याउने बेलाका किसानहरु चिन्तित छन् ।
नेपालमा कात्तिक १२ देखि कति ठूलो पानी आउँछ ? अनि यसले विगतमा जस्तै बाढी आउने सम्भावना होला कि नहोला ? यसै विषयमा नेपाल शो का लागि विनोद ढकालले मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालसँग गरेको कुराकानी:
फरहान किन फर्किए, अरु पाकिस्तानी खेलाडी के गर्लान् ?
नेपालमा सुन तस्करीमा चिनियाँ गिरोह फेरि सक्रिय, भंगालमा थियोे प्रशोधन कारखाना
लुटेराको बिगबिगी : मर्निङवाक गर्ने र राति हिँड्नेहरु टार्गेटमा
ऋणले जोडेको घर र घडेरी रहेन बाँकी








