नेभिगेशन
समाज

नेपालमा सुन तस्करीमा चिनियाँ गिरोह फेरि सक्रिय, भंगालमा थियोे प्रशोधन कारखाना

नेपालमा धेरै भएको थियो तस्करीको सुन नभेटिएको  । २०८० साल साउनमा मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेदेखि नेपालमा ठूलो मात्रामा तस्करीको सुन भेटिएको थिएन । 

तर असोज २२ गते नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बूढानीलकण्ठ नगरपालिका भंगालबाट ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले गिलो मात्राको सुन ल्याएर भंगालकै घरमा विभिन्न आकार प्रकारको तयारी सुन बनाएर बिक्री गर्ने गरेका थिए । 

२०८० साउनको ६० किलो सुन तस्करी प्रकरणमा पनि चिनियाँ नागरिक पक्राउ परेका थिए । यो घटनामा चिनियाँ नागरिकसँगै नेपाली पनि मिलेको पाइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १० जना चिनियाँ नागरिक र १६ जना नेपाली नागरिकलाई पुर्पक्षका लागि थुनामापठाएको थियो । 

तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जेलबाट भागेका थिए । कतै उनीहरु नै अहिलेको सुन तस्करीमा संलग्न भएका त होइनन् भन्ने प्रश्न उठेको छ । तर अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार यो घटनामा नेपाली नागरिक र विगतमा नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिक संलग्न छैनन् । 

यो गिरोहको नाइके चीनमै बसेर नेपालमा सुन तस्करीको सबै गतिविधिको नेतृत्व गरिरहेको थियो । उसले गत साउनमा काठमाडौं आएर सुनको बजार बुझेर चीन फर्किएको थियो । यो गिरोहले भंगालमा एक विलासी घर मासिक ३ लाख ३० हजा।र रुपैयाँ भाडामा घर लिएको थियो । ४ महिनाको घर भाडावापत घरधनीलाई १३ लाख रुपैयाँ दिइसकेको थियो । 

यो समूहका सदस्यहरु असोज पहिलो हप्ता चीनबाट आएका थिए । उनीहरुले नेपाल आउनेवित्तिकै एयरपोर्टमा बीवाइडी कम्पनीको अटो ३ गाडी कार रेन्टर सर्भिसमा दिने कम्पनीबाट भाडामा लिएका थिए । त्यही गाडीमार्फत उनीहरुले तस्करीको सुन ढुवानी गर्ने गरेका थिए । 

प्रहरीले एक हप्तादेखि त्यो घर वरिपरि रेकी गरेको थियो । असोज २२ गते बहिान साढे ५ बजे त्यो घरबाट मानिसहरु गाडी चढेर बाहिर निस्केपछि उनीहरुलाई पक्राउ गरेको थियो । 

विस्तृत विवरणका लागि भिडियो हेर्नुहोला  : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज