नेभिगेशन
कर्पोरेट

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमको १० फ्यान जोन

एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएल हेर्ने वातावरण बनाउन देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गरेको छ । 

फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत काठमाडौंको कीर्तिपुरमा भएको खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ ।

यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मनपर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिने कम्पनीले जनाएको छ । 

काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन् ।

उपत्यकाबाहिर सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्र र कर्णालीको सुर्खेतस्थित घण्टाघर डबलीसम्म फ्यान जोन सञ्चालन हुनेछ ।

त्यस्तै, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि क्रिकेटप्रेमी एकै ठाउँमा भेला भएर एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा समेत फ्यान जोन रहनेछ । 

फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने तयारी एक्सट्रीमको छ । यहाँ क्रिकेटको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना गरिनेछ ।

दर्शकले रमाइला खेलकुद गतिविधिमा सहभागी हुने अवसर पाउनेछन् भने गिभअवे कार्यक्रममार्फत आकर्षक उपहारसमेत प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट