नेभिगेशन
कर्पोरेट

एनपीएलमा समर्थकले पाउनेछन् मन पर्ने टिमको लोगो अंकित एक्सट्रीम इनर्जी ड्रिंक्सको क्यान 

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको समयमा एक्स्ट्रीम इनर्जी ड्रिंक्सले सात वटा टोलीको लोगो अंकित स्पेशल एडिसन क्यान सार्वजनिक गरेको छ ।

एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ ।

पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ । एक्स्ट्रीमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्‍याउने प्रयास गरेको छ ।  

प्रायोजनको लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् । 

एक्सट्रीमका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । साथै, एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटको चर्चा गर्ने, एक्स्ट्रीमको स्पेसल एडिसन क्यान समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकबाट जोड्ने माध्यम बन्न सक्नेछ ।

यो पहलले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ ।

एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी डिङ्कका यी विशेष क्यानहरू उपभोक्ताहरूले आफ्नो नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट