नेभिगेशन
कर्पोरेट

महालक्ष्मीका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशत छुट

फेसन तथा लाइफस्टाइल कम्पनी केटीएम सिटीमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन् ।

केटीएम सिटी र बैंकबीच भएको सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्नेहरुले केटीएम सिटीको १७ वटै आउटलेटमा सामान किन्दा १० प्रतिशत छुट पाउनेछन् ।

केटीएम सिटी नेपालमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड हो जसले जसले स्पोर्टस्वेयर, ज्याकेट र विभिन्न पहिरनका सामान बिक्री गर्छ । 

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने महालक्ष्मी विकास बैंकको भनाइ छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट