ग्लोबल आइएमई बैंकको डीसीईओमा रेग्मीको बढुवा
ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्
मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनको बढुवाको निर्णय गरेको हो ।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ मा ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए ।
उनले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि उनी ग्लोबल बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहेका थिए ।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।
राष्ट्रिय टोलीका ९ क्रिकेटरसँग एक्स्ट्रिमको साझेदारी
म्याक्स टाइगरको दशैं धमाकामा ३६ बाइक र कार जित्न सकिने
दराजबाट सामान किन्दा महालक्ष्मीका ग्राहकलाई छुट
ग्लोबल आइएमई बैंकको साधारणसभा, डिजिटल बैंकिङ प्रणालीमा थप लगानी गर्ने बाचा





-1790780961.jpg)



