नेभिगेशन
कर्पोरेट

म्याक्स टाइगरको दशैं धमाकामा ३६ बाइक र कार जित्न सकिने

म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ मा ३६ जनालाई मोटरसाइकल तथा स्कुटर र एक जनालाई कार दिने भएको छ । 

अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा म्याक्स टाइगरको दशैं धमाका घोषणा गरिएको थियो । जहाँ गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए । 

कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्‍याउने तयारी कम्पनीले गरेको छ । 

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ । 

देशभर पुग्ने पुरस्कारयुक्त क्यानमार्फत म्याक्स टाइगरले यसपटकको दशैंलाई उपभोक्ताका लागि पुरस्कारको सम्भावनासँग जोडेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट