अल्टिमाको ११ औं आउटलेट सुर्खेतमा
अल्टिमा लाइफस्टाइलले आफ्नो ११ औँ आउटलेट सुर्खेतमा सञ्चालनमा ल्याउँदैछ । सुर्खेत शाखाको असोज २५ गते बिहान १० बजे उद्घाटन हुँदैछ ।
यसअघि अल्टिमाको काठमाडौं उपत्यका, पूर्वी नेपाल र मधेशमा शाखाहरु स्थापना भए पनि पश्चिम नेपालमा पनि पहिलो पटक खुद्रा उपस्थिति विस्तार गर्न लागेको हो।
अल्टिमाका अनुसार सुर्खेतमा आउटलेट स्थापना पछि यस क्षेत्रका उपभोक्तालाई गुणस्तरीय अडियो उत्पादन तथा स्मार्ट वेयरेबल डिभाइसहरू सहज हुनेछ ।
अल्टिमाले इयरबड्स, हेडफोन, स्पिकर, स्मार्टवाच तथा अन्य लाइफस्टाइल एक्सेसरीजसहित विविध उत्पादनहरू उत्पादलन र बिक्री गर्दै आएको छ ।
सुर्खेत आउटलेट उद्घाटनका अवसरमा पहिलो १११ ग्राहकले १११ रुपैयाँमा बुम स्लिक इयरबड्स पाउनेछन् । अल्टिमाले दशैंका अवसरमा दशैं मेला ३.० अफर पनि घोषणा गरेको थियो । यो अफर सुर्खेतको आउटलेटमा पनि उपलब्ध हुनेछ । दशैंमेलामा विभिन्न उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिइएको छ ।
दशैं मेलामा विशेष कम्बो अफर पनि छँदैछ । जहाँ नेभिगेटर र औरा ८ हजार ९९९ मा उपलब्ध हुनेछ । अनि साउन्ड बार, २० के प्रो, ई४०० र प्राइम १.० २ हजार ४ सय ९९ मा पाइनेछ ।
स्पिन एण्ड विनमा भाग लिनेले क्लियर माइक ३ हजार ४९९, २० के मिनि ३ हजार १९९ मा, नेभिगेटर ६ हजार ४९९ मा, बुम १४१ एक हजार ९४९ मा, बास ४३० दुई हजार १९९ मा पाइनेछ ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा रेग्मीको बढुवा
राष्ट्रिय टोलीका ९ क्रिकेटरसँग एक्स्ट्रिमको साझेदारी
म्याक्स टाइगरको दशैं धमाकामा ३६ बाइक र कार जित्न सकिने
दराजबाट सामान किन्दा महालक्ष्मीका ग्राहकलाई छुट








