नेभिगेशन
कर्पोरेट

एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सहकार्य

आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ ।

आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवद्र्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस सहकार्यअन्तर्गत आर्या फार्माल्याबले त्रिवि क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ । 

यसै क्रममा आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गर्जे जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट