नेभिगेशन
कर्पोरेट

म्याक्स टाइगरमा नौ जनाले जिते मोटरसाइकल र स्कुटर 

काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अन्तर्गत अहिलेसम्म ९ जनाले मोटरसाइकल जितेका छन् । 

कसैले मोटरसाइकल जितेका छन् त कसैले स्कुटर हात पारेका छन् । सुर्खेतदेखि जनकपुरसम्म, बनेपादेखि बुटवलसम्म र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै खुसीको यो यात्रा देशका विभिन्न सहरमा फैलिएको छ ।

सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् ।

यसैबीच, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले अभियानको उत्साहलाई अझ बढाएका छन् । जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन् ।

यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ ।

अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ वटा सवारीसाधनले आफ्ना भाग्यशाली विजेता पाउन बाँकी छ । 

आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा उपभोक्तामाझ उत्साह अझ बढ्ने कम्पनीको विश्वास छ । अब प्रोटोन कार कसको भागमा पर्ला ? यही प्रश्नले म्याक्स टाइगरको दशैं धमाकालाई थप रोमाञ्चक बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट