अब नेपा एपले सझाउँछ पानी पिउने समय
नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपले दैनिक जीवनलाई सहज बनाउने उपयोगी टुल्सहरू थपेको छ ।
नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर (OCR), जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी नयाँ अपडेटका मुख्य आकर्षण हुन् ।
नयाँ अपडेटको आकर्षक सुविधामध्ये एक हो, वाटर रिमाइन्डर । दैनिक व्यस्तताका कारण धेरैले समयमै पानी पिउन बिर्सने गर्छन्। यस्तो अवस्थामा वाटर रिमाइन्डरले निर्धारित समयमा पानी पिउन सम्झाउन सहयोग गर्छ।
प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार पानी पिउने रिमाइन्डर प्रयोग गर्न सक्ने भएकाले यो पानी पिउने बानीलाई नियमित बनाउन उपयोगी बन्न सक्छ ।
यस्तै ओसीआर सुविधामार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ ।
स्वास्थ्य तथा सार्वजनिक सेवासँग सम्बन्धित सुविधालाई विस्तार गर्दै नेपा एपको नयाँ अपडेटमा अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको सूची पनि समावेश गरिएको छ ।
सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि नयाँ अपडेटमा लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी सूचना पनि समावेश गरिएका छन् ।
एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सहकार्य
एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल
एनपीएलका लागि एक्स्ट्रीमले ल्यायो ‘एक्स्ट्रीम एन्थम’
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित









