दशैंमा अल्टिमाका उत्पादनमा ७० प्रतिशत छुट र २५ लाख पुरस्कार
अल्टिमा लाइफस्टाइलले दशैंको अवसरमा आफ्ना उत्पादनहरुमा ७० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । दशै मेला ३.०– तेस्रो अध्याय, तीन गुणा धमाका अभियान घोषणा गर्दै अल्टिमाले ग्राहकलाई थाइल्याण्ड टुरदेखि २५ लाख रुपैयाँसम्मको पुरस्कार दिने पनि बताएको छ ।
३० सेप्टेम्बरको राति ८ बजेदेखि १५ अक्टोबरसम्म अर्थात असोज १४ देखि २९ गतेसम्म अल्टिमाको वेबसाइट, आधिकारिक आउटलेट र अनलाइन प्लाटफार्मबाट सामान किन्नेहरुले यो अभियानको छुट र पुरस्कार पाउनेछन् ।
दशैं मेला ३.० मा ग्राहकले अल्टिमाको केही उत्पादनमा ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
मालामाल कम्बो योजना अन्तर्गत विभिन्न सामानहरु एकैपटक किन्दा मूल्यमा भारी डिस्काउन्ट दिइएको छ । साउन्डबार, अल्टिमा प्राइम, ई४०० बुस्ट २० के प्रोको कम्बोको मूल्य २४ हजार ९९९ तोकिएको छ । यी सामानहरु छुट्टाछुट्टै किन्दाको मूल्य ४२ हजार ९९९ रहेको छ ।
अल्टिमा वाच नेभिगेटर, अल्टिमा औरा इयरबड्स कम्बोको मूल्य ८ हजार ९९९ तोकिएको छ । यी सामानहरु छुट्टाछुट्टै किन्दाको मूल्य १८ हजार रुपैयाँ पर्ने अल्टिमाले जनाएको छ । पहिलो पटक अल्टिमाको वेबसाइटबाट सामान किन्ने ग्राहकले २०० रुपैयाँ पर्ने फ्लाट प्रोमो कोड पाउनेछन् ।
दशैं अभियानमा एक दिन बिराएर १०० जना ग्राहकले अल्टिमाको वेबसाइटमा एक घण्टाका लागि विशेष डिल पाउनेछन् । त्यतिबेला उनीहरुले अल्टिमाका उत्पादनमा भारी छुट पाउनेछन् ।
त्यस्तै अल्टिमाको वेवसाइट र आउटलेटबाट सामान किन्ने ग्राहकले स्पिन एण्ड विनमा सहभागी भएर २५ लाख रुपैयाँसम्मको पुरस्कार पनि जित्न सक्नेछन् । थाइल्याण्ड भ्रमण, सुनको सिक्का र एडभेन्चर स्पोर्टस् एक्सपेरियन्स जस्ता आकर्षक पुरस्कार पनि राखिएको छ ।
अल्टिमाले दशैंका बेला आफ्ना उत्पादनहरुमा शून्य प्रतिशत इएमआई सुविधा पनि दिएको छ ।
त्यस्तै १२ हजारको सामान किन्दा अल्टिमा बुम १४१ इयरबड्स, १५ हजारको सामान किन्दा अल्टिमा बुस्ट २० के प्रो पावर बैंक, २० हजारको सामान खरिदमा अल्टिमा मार्भेल स्पिकर निशुल्क उपलब्ध हुनेछ ।
अल्टिमाले केही हिरो प्रडक्टहरुमा अभियानका बेला विशेष मूल्यमा दिएको छ । क्लियर माइक ३ हजार ४४९ मा, २० के मिनी ३ हजार १९९ मा, नेभिगेटर ६ हजार ४९९ मा , बुम १४१ लाई १ हजार ९४९ मा र बास ४३० लाई २ हजार १९९ मूल्य तोकिएको छ ।
महालक्ष्मी विकास बैंकले रोटरीमार्फत शिक्षा क्षेत्रमा सहयोग गर्ने
इन्द्रजात्रामा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको साँस्कृतिक कार्यक्रम
अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

-1790087654.png)







