नेभिगेशन
अर्थ

नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?

राजधानी काठमाडौं नेपालमा सबैभन्दा धेरै मानिसहरु बसोबास गर्ने शहर हो । काठमाडौंबाहिर बसोबास गर्ने धेरै मानिसहरुको चाहना पनि काठमाडौंमा घर बनाउने रहेको देखिन्छ ।

यहाँ १० लाख भन्दा धेरै घर छन् र वर्षेनी सयौं घरहरु बनिरहेका हुन्छन् । 

हिजोआज आफ्ना लागि आफैंले घर पनि बनाउनुपर्दैन । ठूलो जग्गा लिएर आफैं घडेरीहरु विकास गर्ने, घर बनाउने र बिक्री गर्ने कम्पनीहरु धेरै छन् ।

जग्गा विकास गर्नेहरुले घर बनाउँदा सरकारले तोकेको मापदण्ड अनुसार फराकिलो सडक बनाउने, खुला क्षेत्रहरु पनि राख्ने गर्छन् । अनि सबै घरहरु एकैनासका बनाउँछन् ।

बस्तीमा सुरक्षा, पानी, ढल सबैथोकको राम्रो बन्दोबस् गर्छन् । कसैले अग्ला अग्ला भवन बनाएर अपार्टमेन्टहरु बिक्री गर्छन् । हिजोआज आफैं घर बनाउने भन्दा यस्ता घर तथा अपार्टमेन्ट किनेर बस्नेहरु बढिरहेका छन् । 

घर तथा अपार्टमेन्टको ब्यापारको कुरा गर्ने हो भने धेरैजसो काठमाडौं केन्द्रित नै छ । काठमाडौंमा कस्ता कस्ता घर र अपार्टमेन्टहरु बनिरहेका छन् त, तिनीहरुको मूल्य कति छ ? यो भिडियोमा विस्तृतमा बुझ्नुहोस्  : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ