ग्लोबल आइएमई बैंकले उत्तरढोकामा बनाउँदैछ १२ तले कर्पोरेट टावर
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पाेरेट भवन निर्माणको काम अघि बढाएको छ ।
शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भवनको जगको पूजा गरेका छन् ।
करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् ।
वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर उपत्यकाकै नमुना व्यावसायिक भवन बनाउन खोजेको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष ढकालका अनुसार यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुनेछ ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए ।
भवनलाई ऊर्जा बचत गर्ने शैली बनाउन लागिएको छ भने पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली पनि राखिएको छ । त्यस्तै विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिनेछ ।
यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास छ ।
एक हप्तामै त्रिशूलीमा बन्ने पन्टुन ब्रिज कस्तो, अनि कसरी चल्छ ?
कोशी ब्यारेजको सट्टामा नयाँ पुल, कसरी बन्छ ४३ किमी लामो चार लेन सडक ?
सकियो नेपाल-चीन रेलमार्गको अध्ययन, कहिले सुरु हुला निर्माण ?
कसरी बनेको थियो नेपालको पहिलो केवलकार ?


-1793372443.jpeg)



