काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ नेपालमै आयोजना हुने भएको छ ।
भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन हुनेछ ।
दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछ ।
एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन प्रतियोगिता अवधिभर सञ्चालन हुनेछ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ ।
चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स र गेमिङ संस्कृतिलाई थप प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।
कुमारी बैंक पीसीएएफमा आवद्ध
१५ हजार पर्ने इयरबड्स अल्टिमाले ल्यायो ६ हजारमै
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बाढी प्रभावितका लागि कुमारी बैंकले सरकारलाई दियो ३ करोड ३९ लाख


-1788864137.png)






