क्रिकेट खेलाडी झोला प्याक गरेर बसेका छन्, तर युएईको भिसा आएन
                                                                    
                                
                            वेष्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली क्रिकेट खेलाडी शुक्रबार युएई जाने तयारीमा थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै उनीहरुको बिदाइ गरिसकेको थियो । खेलाडीहरुले पनि झोला प्याक गरेर युएई जान तयारी गरिसकेका थिए । तर शुक्रबार बिहानसम्म खेलाडीहरुको भिसा नै आएन ।
युनाइटेड अरब इमिरेट्सले भिसा नदिएपछि खेलाडीहरु रोकिएका छन् । नेपालले असोज ११, १३ र १४ गते युएईको सारजहामा वेष्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तय भएको छ । त्यही सिरिजका लागि नेपालीहरु युएई जान लागेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ३/४ दिनअघि नै युएईको नेपालस्थित दूतावासमा भिसा आवेदन दिएको थियो । यसअघि प्राय १ दिन अगाडि नै भिसा आइसकेको हुन्थ्यो । तर यसपटक आएन ।
जेनजी आन्दोलनपछि युएईले नेपालीहरुलाई भिसा दिएको छैन । त्यसैले खेलाडीहरुको भिसा पनि नआएको हो । नेपाल क्रिकेट संघले खेलाडीहरुको भिसाका लागि सहजीकरण गरिदिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई आग्रह गरेको छ ।
                    
-1761836913.jpg)







