नाइमा एक्स्पोमा गाडी किन्न ५.२५ प्रतिशतमै लोन
काठमाडौंमा मंगलबारदेखि गाडीहरुको मेला नाइमा मोबिलिटी एक्स्पो सुरु भएको छ । यही अवसर पारेर बैंकहरुले गाडी किन्नका लागि कर्जाका विशेष योजनाहरु घोषणा गरिरहेका छन् ।
ग्लोबल आइएमई बैंकले नाइमा मोबिलिटी एक्सपोमा नयाँ गाडी किन्ने ग्राहकलाई ५.२५ प्रतिशत ब्याजदरमै ऋण दिने बताएको छ । यो ब्याजदर बैंकको आधार दर अर्थात् बेसरेट घटबढ भएमा घटबढ पनि हुन सक्छ ।
बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकलाई ३ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्षपछि भने कर्जाको ब्याजदर बैंकको बेस रेट भन्दा २ प्रतिशतसम्म बढी हुन सक्छ ।
ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमै स्टल राखेर गाडी किन्न इच्छुक ग्राहकको कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । ऋण लिएर गाडी किन्न चाहनेहरुले बैंकको स्टलमै ऋणको लागि आवेदन दिन सक्नेछन् ।
कागजपत्र पूरा भएमा आवेदन दिएको ३ दिनमै कर्जा स्वीकृत पनि हुन सक्छ ।
एनपीएलका लागि एक्स्ट्रीमले ल्यायो ‘एक्स्ट्रीम एन्थम’
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
एनपीएलमा समर्थकले पाउनेछन् मन पर्ने टिमको लोगो अंकित एक्सट्रीम इनर्जी ड्रिंक्सको क्यान
म्याक्स टाइगरमा थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल
महालक्ष्मीका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशत छुट





