नाइमा एक्स्पोमा गाडी किन्ने ५.२५ प्रतिशतमै लोन
काठमाडौंमा मंगलबारदेखि गाडीहरुको मेला नाइमा मोबिलिटी एक्स्पो सुरु भएको छ । यही अवसर पारेर बैंकहरुले गाडी किन्नका लागि कर्जाका विशेष योजनाहरु घोषणा गरिरहेका छन् ।
ग्लोबल आइएमई बैंकले नाइमा मोबिलिटी एक्सपोमा नयाँ गाडी किन्ने ग्राहकलाई ५.२५ प्रतिशत ब्याजदरमै ऋण दिने बताएको छ । यो ब्याजदर बैंकको आधार दर अर्थात् बेसरेट घटबढ भएमा घटबढ पनि हुन सक्छ ।
बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकलाई ३ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्षपछि भने कर्जाको ब्याजदर बैंकको बेस रेट भन्दा २ प्रतिशतसम्म बढी हुन सक्छ ।
ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमै स्टल राखेर गाडी किन्न इच्छुक ग्राहकको कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । ऋण लिएर गाडी किन्न चाहनेहरुले बैंकको स्टलमै ऋणको लागि आवेदन दिन सक्नेछन् ।
कागजपत्र पूरा भएमा आवेदन दिएको ३ दिनमै कर्जा स्वीकृत पनि हुन सक्छ ।
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार









