नेभिगेशन
एक्सप्लेनर भिडियो

किन बन्द भयो सस्तो इन्टरनेट प्याकेज ? 

नेपालमा यसै पनि इन्टरनेट महंगो छ । पैसा तिर्नेले पनि खोजे अनुसार इन्टरनेटको स्पिड पाएका छैनन् । कसैले भने थोरै पैसामा कम स्पिडका प्याकेज लिएर इन्टरनेट चलाइरहेका थिए ।

अब त यस्ता साना, सस्ता र कम गतिका इन्टरनेट प्याकेज नै बन्द गरियो । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले ५० एमबीपीएस भन्दा कम गतिको इन्टरनेट बेच्नै छाडेका छन् । 

सानो मात्रै हैन, ३ महिनाभन्दा कम अवधिको इन्टरनेट प्याकेज पनि लिन पाइन छाडेको छ । हिजो जसले महिनाको ५–७ सय रुपैयाँमै इन्टरनेट चलाइरहेका थिए, अब कम्तीमा १ हजार रुपैयाँ वा त्यो भन्दा बढी खर्च गर्नुपर्ने भएको छ । 

आखिर इन्टरनेट सेवा प्रदायकहरुले किन सस्तो इन्टरनेट प्याकेज बेच्न बन्द गरे ? यसमा सेवा प्रदायकको स्वार्थ के हो ? कि उनीहरुको कुनै बाध्यता छ ? 

अनि नेपाल सरकार र नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) किन यस्तो समस्यामा गम्भीर छैन ?

यो भिडियोमा म सस्तो इन्टरनेट प्याकेज बन्द हुनुको कारण, यसले उपभोक्तामा परेको प्रभाव, आईएसपीहरुको बाध्यता र सरकारको बेवास्ताबारे विस्तृतमा बताउनेछु । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो