सरकारले नै रोक्यो फाइभनीको विस्तार र अर्बौंको लगानी
नेपालमा फाइभ–जी किन छैन ? यसको जवाफ खोज्न थालियो भने नेपाल टेलिकमले भन्छ–लगानी अनुसारको बजार छैन । विज्ञहरु भन्छन् –सरकारलाई नै चासो छैन । उपभोक्ताहरु भन्छन् – मोबाइल कम्पनीहरुले चाहेकै छैनन् । सरकार भन्छ – चाँडै ल्याउँछौं तर यो प्रविधि कहिल्यै आएन!
सरकारी कम्पनी नेपाल टेलिकम फाइभ–जीमा जान खुट्टा कमाइरहेको छ । तर, प्राइभेट सेक्टरको एनसेल फाइभजीका लागि तयार छ, तर सरकार नै सम्पत्ती सरकारीकरणको डर देखाएर एनसेलको लगानी रोक्न अग्रसर छ ।
सरकारलाई थाहा नभएको हैन, अब पनि नेपाल फाइभजीमा गएन भने हामी सूचना प्रविधिमा विश्वकै पछौटे समाज हुनेछौं । किनकी विश्वमा फाइभजी व्यवसायिक प्रयोगमा आएको नै ७ वर्ष भइसक्यो । छिमेकी भुटानमा समेत फाइभजी सेवा छ ।
त्यसो भए नेपालमा फाइभजी लन्च किन भएन ? एनसेल लगानी गर्न तयार हुँदाहुँदै पनि किन सेवा सुरु गर्ने सुरसार समेत छैन ? अनि एनसेलको सरकारीकरणको तयारीले कसरी लगानीको वातावरण बिथोल्दैछ ? आउनुहोस्, यिनै प्रश्नको उत्तर एकदमै सरल र तथ्यपरक ढंगले बुझौं ।
स्थानीय चुनावमा रास्वपा उम्मेदवार बन्न के के चाहिन्छ योग्यता ?
दशैंले नेपाली अर्थतन्त्र सपार्छ कि बिगार्छ ? ७ खर्बको हिसाब–किताब
किन बन्द भयो सस्तो इन्टरनेट प्याकेज ?
दिल्लीको भन्दा धनगढीको भाडा किन महँगो ? यस्तो छ हवाई भाडाको अर्थशास्त्र






