प्रचण्डलाई नारायणकाजीको प्रस्ताव : अध्यक्ष छाड्नुस्, मलाई कार्यबाहक तोक्नुस्
                                                                    
                                
                            ५ असोज, काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्ष पद छाड्न प्रस्ताव गरेका छन् । आफू कार्यबाहक अध्यक्ष हुने र चुनावपछि महाधिवेशन गर्ने उनको प्रस्ताव छ ।
जेनजी आन्दोलनपछि आइतबार पहिलो पटक माओवादी पदाधिकारीहरुको बैठक बसेको थियो ।
पेरिसडाँडामा बसेको बैठकको सुरुमा नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए । उनले जेनजीहरुले उठाएको मुद्दा माओवादीकै एजेण्डा भएको बताए । त्यो आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले दमन गर्दा २४ गतेको आक्रोश पैदा भएको सुनाए । त्यसमा सबै शक्तिले खेल्दा यो अवस्था आएको उनको विश्लेषण छ ।
एक पदाधिकारीका अनुसार प्रचण्डले मंसिर अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । चुनावमा जानुपर्ने र त्यसका लागि पार्र्टी एकतावद्ध हुनुपर्ने भन्दै उनले भने, ‘महाधिवेशनलाई चुनावको तयारीसँग जोडौं ।’
महाधिवेशनको प्रस्ताव गरेका उनले नेतृत्व छाड्ने नछाड्नेबारे प्रष्ट बोलेनन् । नेतृत्वले खेलेको भूमिकालाई पनि ध्यान दिनुपर्छ भने, विधि पद्धति विकास गर्नुपर्ने बताए । एक पदाधिकारी भने, ‘छाड्ने नछाड्ने प्रष्ट पार्नुभएन ।’
त्यसपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोले । उनले चुनावभन्दा अगाडि महाधिवेशन गर्न नहुने बताए । महाधिवेशनमा जाँदा पार्टीमा बहस छलफल हुने र प्रतिस्पर्धा पनि हुने र त्यसले चुनावलाई असर गर्नसक्ने उनको विश्लेषण छ ।
बरु अहिले प्रचण्डले अध्यक्ष पद छाड्ने र प्रचण्डको सहमतिमा यही बैठकबाट आफूलाई कार्यबाहक तोक्नुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रस्ताव थियो ।
स्रोतका अनुसार उपमहासचिव जनार्दन शर्मा र गिरिराजमणि पोखरेलले लगायतले कार्यबाहक अध्यक्ष तोक्नुपर्ने प्रस्तावको समर्थन गरेका छन् । तर बहुसंख्यक नेताहरुले अहिले प्रचण्डको विकल्प नभएको तर्क गरेका छन् ।
बैठकले विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्तावबारे छलफल गर्न ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)