‘रास्वपामा रविको विकल्प छैन’
                                                                    
                                
                            ७ असोज, काठमाडौं । जेनजी आन्दोलनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हलचल आएको छ । पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरिन् भने केही नेताहरु असन्तुष्ट छन् । तल्लो कमिटीहरुमा पनि नेतृत्वको विकल्प खोज्नुपर्ने मत उठ्न थालेको छ ।
यसबारे छलफल गर्न मंगलबारदेखि केन्द्रीय समितिको बैठक सुरु भएको छ । जहाँ ५ वटा (कर्णाली र गण्डकी बाहेक) प्रदेशका सभापतिहरु समेत सहभागी छन् । तर बैठकमै सुरुमा नै नेताहरुले रविको विकल्प नभएको बताएका छन् ।
बैठक चलिरहेकै बेला प्रदेश सभापतिहरुलाई पत्रकारमाझ प्रस्तुत गरियो । यहाँ एकपछि अर्को सभापतिले रवि लामिछानेको विकल्प नभएको बताए ।
बागमती प्रदेशसभा सभापति डा. अच्युतम लामिछानेले सभापति लामिछानेप्रति आफूहरुको विश्वास रहेको बताए । ‘हाम्रो विश्वास, ऐक्यवद्धता र रास्वपा र रवि लामिछनमोमाथि छ’ उनले भने ।
मधेश प्रदेशका सभापति तपेश्वर यादवले पनि सभापतिप्रति पूर्ण विश्वास रहेको बताए । अघिल्लो सरकारले झुटा मुद्दा लागेको भन्दै उनले चुनाव घोषणा भइससकेको अवस्थामा यो विषय छिटो टुंगो लगाइदिन सरकारसँग आग्रह गरे ।
कोशीका कार्यबाहक सभापति सरिन तामाङ र लुम्बिनीका देवराज पाठकले पनि सभापति रविको विकल्प नसोचेका र न खोजेको बताए ।
सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले अगाडि भने, सभापतिको विकल्प छैन । हाम्रो सभापति रवि लामिछाने नै हुनुहुन्छ ।’
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)