काठमाडौंको सीडीओ हटाइए, पौडेलले पाए जिम्मा
काठमाडौं । सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारी फेरेको छ । हाल प्रमुख जिल्ला अधिकारी रहेका छवी रिजाललाई मन्त्रालय फर्काइएको छ ।
उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गृह ल्याएर पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको हो ।
पौडेल यसअघि ३३ किलो सुन तस्करी प्रकरणको जाँचबुझ तथा अनुसन्धान समितिका संयोजक भएर काम गरेका कर्मचारी हुन् ।
काठमाडौं महानगर पालिकामा तत्कालीन कार्यकारी अधिकृत भएर काम गरेका उनी कोलकातामा महावाणिज्य दूत भएर समेत काम गरेका थिए ।
हालका काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजाल एक महिना पनि काठमाडौंमा बस्न पाएनन् । उनी भदौ ४ मा मात्रै काठमाडौंको सीडीओ भएका थिए ।
तर, भदौ २३ गते भएको जेनजी आन्दोलनमा चरम दमन भएपछि उनी विवादमा परे । उनले गोली हान्ने आदेश दिएको भन्दै उनीमाथि चौतर्फी रुपमा प्रश्न उठेको थियो ।
त्यही दिन उनले कार्यालयको वेबसाइटबाट फोटो र फोन नम्बर हटाएका थिए ।
यस्तै उनले फेसबुक समेत डिएक्टिभेट गरेका थिए । भदौ २४ मा उनको घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए ।
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
