अध्यादेशमार्फत संविधान संशोधन गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं : बाबुराम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरेर मात्र चुनावमा जानुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अहिलेकै व्यवस्था अनुसार चुनाव गराउँदा फेरि पुरानै शक्तिहरु आउने भन्दै त्यतिबेला जेनजी आन्दोलनको उपलब्धि गुम्ने जोखिम रहेको बताए ।
‘अहिले जुन प्रक्रियाले यो सरकार बनेको छ, त्यही प्रक्रियाबाट अध्यादेशमार्फत संविधानमा आवश्यक संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था गर्ने र निर्वाचनमा जाने । यति सुधार गर्न सकियो भने तपाईहरुको बलिदानको अर्थ रहन्छ, नभए घुमिफिरि रुम्जाटार हुन्छ’, उनले भने ।
क्रान्ति र परिवर्तनलाई निरन्तर दबाब दिएर अगाडि बढाउन नसकेमा आन्दोलनको रापताप सेलाउनेवित्तिकै फेरि देशभित्र र बाहिरका शक्ति खेल्न थाल्ने र उपलब्धी गुम्ने जोखिम हुने उनको भनाइ छ ।
अहिलेको सरकार जेनजी विद्रोहीप्रति प्रतिवद्ध हुनुपर्ने भन्दै भट्टराईले कुनै पनि बहानामा पुराना शक्तितिर ढल्किने काम सरकारले गर्न नहुने बताए ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता पुराना दलहरु भ्रष्टीकरण भइसकेको भन्दै उनले ती पार्टीहरुलाई कुनै पनि बहानामा टाउको उठाउन दिन नहुने बताए ।
अब आउने चुनावमा बालेन, हर्कलगायत सबै वैकल्पिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने भन्दै उनले एउटै पार्टीमा नअटाए पनि कम्तीमा मोर्चाबन्दी गर्नुपर्ने बताए ।
पुराना दलहरु पनि रुपान्तरणको सम्भावना नभएकाले दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पार्टी छाडेर वैकल्पिक शक्तिलाई साथ दिनुपर्ने पनि उनले बताए ।
जेनजी आन्दोलनमा प्रत्यक्ष निर्वाचित कार्यकारीको नारा लागेकाले त्यो मुद्दा सम्बोधन गरेर मात्र चुनाव गनुपर्ने सरकारको दायित्व हुने भट्टराईले बताए ।
उनले बुधबार नेपाल समाजवमादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएका थिए । उनले दोस्रो र तेस्रो पुस्ताले ढोका ढकढक्याइसकेकाले आफूले पद ओगटेर बस्नु राम्रो नहुने भन्दै राजीनामा दिएको बताएका छन् ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






