मतदाता नामावलीमा नाम दर्ता खुला, अनलाइनबाट निवेदन दिन सकिने
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गते चुनाव गर्दैछ ।
तर भोटर लिस्टमा नाम नभएकाहरुले अब दर्ता गर्न पाउनेछन् । सरकारले बुधबार निर्वाचन कानुन अध्यादेशमार्फत संशोधन गरेपछि निर्वाचन आयोगले भोटर लिस्टमा नाम दर्ता फेरि खुला गरेको हो ।
अब १६ वर्ष पुगिसकेका र भोटर लिस्टमा नाम नभएकाहरुले नजिकको जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिनेछ ।
निर्वाचन आयोगको वेबसाइटमा गएर प्रिरजिस्ट्रेसन सिस्टमबाट अप्लाइ गर्न पनि सकिन्छ । त्यसपछि बायोमेट्रिक गर्न मात्र निर्वाचन कार्यालय गए हुन्छ । भोटर लिस्टमा नाम दर्ताको काम कात्तिकको ३० गतेसम्म गर्न पाइन्छ ।
सार्वजनिक बिदाको दिन बाहेक अरु दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म जति बेला गए पनि हुन्छ ।
भोटर लिस्टमा नाम दर्ता गराउन मात्र होइन, विवाह गरेर गएका र बसाइ सरेर गएकाहरुले पनि नयाँ ठाउँमा आफ्नो नाम ठाउँ सारी गर्न सक्छन् ।
भोटर लिस्टमा १६ वर्ष पुगेकाहरुले नाम दर्ता गराउन सक्ने भए पनि भोट हाल्न भने १८ वर्ष पुगेको हुनुपर्छ ।
हेर्नुहोस् निर्वाचन आयोगको सूचना

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



