मतदाता नामावलीमा नाम दर्ता खुला, अनलाइनबाट निवेदन दिन सकिने
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गते चुनाव गर्दैछ ।
तर भोटर लिस्टमा नाम नभएकाहरुले अब दर्ता गर्न पाउनेछन् । सरकारले बुधबार निर्वाचन कानुन अध्यादेशमार्फत संशोधन गरेपछि निर्वाचन आयोगले भोटर लिस्टमा नाम दर्ता फेरि खुला गरेको हो ।
अब १६ वर्ष पुगिसकेका र भोटर लिस्टमा नाम नभएकाहरुले नजिकको जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिनेछ ।
निर्वाचन आयोगको वेबसाइटमा गएर प्रिरजिस्ट्रेसन सिस्टमबाट अप्लाइ गर्न पनि सकिन्छ । त्यसपछि बायोमेट्रिक गर्न मात्र निर्वाचन कार्यालय गए हुन्छ । भोटर लिस्टमा नाम दर्ताको काम कात्तिकको ३० गतेसम्म गर्न पाइन्छ ।
सार्वजनिक बिदाको दिन बाहेक अरु दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म जति बेला गए पनि हुन्छ ।
भोटर लिस्टमा नाम दर्ता गराउन मात्र होइन, विवाह गरेर गएका र बसाइ सरेर गएकाहरुले पनि नयाँ ठाउँमा आफ्नो नाम ठाउँ सारी गर्न सक्छन् ।
भोटर लिस्टमा १६ वर्ष पुगेकाहरुले नाम दर्ता गराउन सक्ने भए पनि भोट हाल्न भने १८ वर्ष पुगेको हुनुपर्छ ।
हेर्नुहोस् निर्वाचन आयोगको सूचना

छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)