प्रधानमन्त्रीको २ सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी सक्दिन, भ्रष्टाचारीलाई छाड्दिन
                                                                    
                                
                            ८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशबासीलाई सम्बोधन गरिन् । करिव १२/१३ मिनेट लामो सम्बोधनका क्रममा अन्तरिम सरकारकी प्रमुख कार्कीले नागरिकलाई दुई वटा प्रष्ट सन्देश दिएकी छन् ।
पहिलो : संविधान संशोधन मेरो क्षेत्राधिकार होइन
दोस्रो : भ्रष्टाचारीलाई कारबाही गर्छु
भ्रष्टाचारको विरोधमा सडकमा आएको जेनजी पुस्ताले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा पनि उठाएका थिए । तर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेर संसद भंग भयो र २१ फागुनका लागि प्रतिनिधिसभा चुनाव घोषणा भयो । त्यसपछि जेनजी अगुवाहरुमध्ये केहीले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनैपर्ने आफूहरुको अडान रहेको बताएका थिए ।
माओवादी लगायतका दलहरु पहिल्यैदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थिए । जेनजी अभियन्ताहरुले पनि त्यही मुद्दा उठाएपछि संविधान संशोधन गरेर भएपनि प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गर्नेपर्छ भन्न थालेका थिए ।
तर बिहीबार प्रधानमन्त्री कार्कीले संविधान संशोधन आफ्नो सरकारको क्षेत्राधिकारमा नपर्ने प्रष्ट पारेकी छन् ।
उनले भनेकी छन् कि ६ महिनामा चुनाव गर्ने गरी आएको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्दैन । जति गर्नसक्छ, त्यो गर्नेछ ।
तर शासकीय प्रणाली लगायत संविधान संशोधनको मुद्दा सरकारको कार्यक्षेत्रमा नपर्ने उनले बताइन् । संविधान र शासकीय स्वरुप संशोधन लगायतका विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत परिवर्तन पक्षधर जनतालाई आगामी चुनावमा सहभागी हुने र संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्न आह्वान गर्दछु’ प्रधानमत्री कार्कीले प्रष्ट भनेकी छन् ।
देशबासीलाई सम्बोधन गर्ने क्रममा अन्तरिम सरकार प्रमुख कार्कीले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने मागमा भने काम थालिसकेको बताएकी छन् । छोटो अवधिमा नै विगतमा भएको भ्रष्टाचारबारे प्रष्ट जानकारी पाइसकेको भन्दै उनले भनेकी छन्, ‘त्यसको आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने छ ।’
नेताहरुको घरमा भएको अगजनीका क्रममा देखिएको रकमबारे समेत सम्बद्ध निकायले अनुसन्धान सुरु गरिसकेको उनले जानकारी दिइन् । जेनजी आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, पूर्वऊर्जामन्त्री दीपक खड्का लगायतको घरमा नगद समेत जलेको पाइएको थियो ।
यसबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ । तीनै नेताको घरमा गएर जलेको पैसाको टुक्राहरु संकलन गरेर फरेन्सिक जाँचका लागि पठाएको छ ।
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)