जेलबाट भागेका कैदी र लुटिएका हतियार दशैंको मुख्य सुरक्षा खतरा
दशैंका बेला उपत्यकामा शान्ति सुरक्षा कायम गर्न र चोरी नियन्त्रण गर्न प्रहरीले ६ हजार १०६ जना प्रहरी परिचालन गरेको छ ।
उपत्यका प्रहरी कार्यालयले बैंक तथा वित्तीय संस्थाको कार्यालय, सुनचाँदी पसल, आर्थिक कारोबार हुने अन्य स्थान, मठमन्दिर र पर्यटकीय स्थललाई प्राथमिकता दिएर प्रहरी परिचालन गरेको छ ।
दशैंका बेला धेरै मानिसहरु उपत्यकाबाहिर जाँदा चोरीको जोखिम रहने भएकाले रातिमा सादा पोशाकमा प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी दशैंका बेला सुरक्षा चुनौती रहेको प्रहरीको भनाइ छ । जेलबाट भागेकामध्ये करिब ६ हजार कैदीबन्दी अझै फरार छन् । प्रवक्ता खनालका अनुसार आन्दोलनमा प्रहरीबाट लुटिएका धेरै हतियार पनि अझै फिर्ता आएको छैन ।
त्यसैले यी दुई कारणले यस पटकको दशैंको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ । प्रहरीले आफ्नो गाउँ टोलमा जेलबाट भागेका कैदीबन्दी फेला परेमा खबर गर्न भनेको छ । त्यस्तै कसैले हतियार राखेको थाहा पाएमा पनि खबर गर्न आग्रह गरेको छ ।
‘नागरिकले आफू सुरक्षित रहन पनि प्रहरीलाई सहयोग गर्नुपर्छ’, एसएसपी खनालले भने ।
त्यस्तै बसपार्क, यात्रुहरु बस चढ्ने र ओर्लने ठाउँमा पनि प्रहरीहरु परिचालन गरिएको छ । दशैंका बेला यात्रुहरु ठगिने सम्भावना भएकाले अन द स्पट प्रहरीलाई खबर गर्न यस्ता ठाउँमा हेल्प डेस्क राखिएको छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)