हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, दर्ता गर्न निर्वाचन आयोगमा निवेदन
धरानका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । असोज ६ गते साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
उनको निवेदनको दर्ता नम्बर ४७१ रहेको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी रहेको छ र अध्यक्ष हर्क साम्पाङ छन् । केन्द्रीय समितिमा २२ जना रहेका छन् । पार्टीमा देवराज लामा विश्वक्रान्ति, आरेन राई लगायत रहेका छन् । चुनाव चिह्न माटोको ढिस्को राखिएको छ ।
निर्वाचन आयोगले साम्पाङको दल दर्ता निवेदन अध्ययन भइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा जितेका साम्पाङ पछिल्लो केही महिनायता दल दर्ताको तयारीमा थिए । उनले देश विकासका लागि केही कानुन नै फेर्नुपर्ने भन्दै स्थानीय तहको चुनाव जितेर मात्र देशको विकास गर्न नसकिने बताउँदै आएका थिए ।
पछिल्लो समय उनका समर्थकहरुले धरानसँगै काठमाडौं, पोखरालगायतका शहरमा टिम हर्क साम्पाङको नाममा सरसफाइ अभियान चलाइरहेका छन् । नेपाल बाहिर पनि विभिन्न देशमा नेपालीहरुले टिम हर्क साम्पाङ गठन गरेका छन् ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)