हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, दर्ता गर्न निर्वाचन आयोगमा निवेदन
धरानका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । असोज ६ गते साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
उनको निवेदनको दर्ता नम्बर ४७१ रहेको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी रहेको छ र अध्यक्ष हर्क साम्पाङ छन् । केन्द्रीय समितिमा २२ जना रहेका छन् । पार्टीमा देवराज लामा विश्वक्रान्ति, आरेन राई लगायत रहेका छन् । चुनाव चिह्न माटोको ढिस्को राखिएको छ ।
निर्वाचन आयोगले साम्पाङको दल दर्ता निवेदन अध्ययन भइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा जितेका साम्पाङ पछिल्लो केही महिनायता दल दर्ताको तयारीमा थिए । उनले देश विकासका लागि केही कानुन नै फेर्नुपर्ने भन्दै स्थानीय तहको चुनाव जितेर मात्र देशको विकास गर्न नसकिने बताउँदै आएका थिए ।
पछिल्लो समय उनका समर्थकहरुले धरानसँगै काठमाडौं, पोखरालगायतका शहरमा टिम हर्क साम्पाङको नाममा सरसफाइ अभियान चलाइरहेका छन् । नेपाल बाहिर पनि विभिन्न देशमा नेपालीहरुले टिम हर्क साम्पाङ गठन गरेका छन् ।
बालेन सरकारको स्पीड कि सरप्राइज राजनीति ?
सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने
पहिले सुकुम्बासीलाई उठाइने, अनि डोजर चलाउने
बिरालोको घाँटीमा घन्टी बाँध्न कस्सिएका विष्णु पौडेल
गृहमन्त्री सुदनलाई हटाउन किन डराए रास्वपा र बालेन ?


-1777651991.jpeg)

-1777978198.png)
