एमालेले भन्यो : ओलीको राहदानी रोक्का प्रतिशोधपूर्ण
नेकपा एमालेले भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्न सिफारिस गरेकामा आपत्ति जनाएको छ ।
आइतबार ओलीको निवास गुण्डुमा बसेको बैठकले जाँचबुझ आयोगले दशैंको बेलामा गरेको यो निर्णय राजनीतिक प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ ।
एमालेले यस्तो निर्णयले आयोगको विश्वसनीयतामा पनि प्रश्न खडा गरेको बताएको छ ।
एमालेले गृह मन्त्रालयले भदौ २४ गते भएको तोडफोड र आगजनीको घटना पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भनेकामा पनि आपत्ति जनाएको छ । मन्त्रालयले यो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै तत्काल कुनै कारबाही अगाडि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिएको थियो ।
एमालेले यो निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको बताएको छ । ‘यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसायसमेत बोकेको छ’, एमाले सचिवालयको निर्णयमा भनिएको छ ।
एमालेले भदौ २३ र २४ को घटनाक्रमबारे छलफल गरेर निर्णय गर्न असोज २७ देखि २९ सम्म काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० गते बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






