नेभिगेशन
राजनीति

मनाङ–२ को उपचुनाव स्थगित

निर्वाचन आयोगले कात्तिक १७ गते मनाङको प्रदेशसभा क्षेत्र नं २ मा हुने उपनिर्वाचन स्थगित गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन कार्यतालिका प्रभावित भएको भन्दै आयोगले तत्कालका लागि मनाङको उपनिर्वाचन स्थगित गरेको जानकारी गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने अगरी अहिलेलाई मनाङको उपनिर्वाचन स्थगित गरिएको छ ।

यसअघि निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचन र मनाङ–२ को प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

तर जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएर फागुन २१ गते चुनाव घोषणा गरिएको छ । तर प्रदेशसभा चुनाव भने रोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति