राजनीति
मनाङ–२ को उपचुनाव स्थगित
निर्वाचन आयोगले कात्तिक १७ गते मनाङको प्रदेशसभा क्षेत्र नं २ मा हुने उपनिर्वाचन स्थगित गरेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन कार्यतालिका प्रभावित भएको भन्दै आयोगले तत्कालका लागि मनाङको उपनिर्वाचन स्थगित गरेको जानकारी गराएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने अगरी अहिलेलाई मनाङको उपनिर्वाचन स्थगित गरिएको छ ।
यसअघि निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचन र मनाङ–२ को प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
तर जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएर फागुन २१ गते चुनाव घोषणा गरिएको छ । तर प्रदेशसभा चुनाव भने रोकिएको छ ।
प्रकाशित मिति:
आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



