माओवादीले चुनावमा सक्रियतापूर्वक भाग लिन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलले चुनावमा सक्रियतापूर्वक भाग लिने बताएका छन् ।
सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले घोषित मितिमा चुनाव हुनुपर्ने र सबै पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् ।
‘घोषित मितिमा निर्वाचन हुनुपर्छ, सबै पार्टी निर्वाचनमा भाग लिनुपर्छ । हाम्रो पार्टी सक्रियतापूर्वक निर्वाचनमा भाग लिन्छ’, उनले भने ।
जेनजी आन्दोलनपछि गठित सरकारले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते चुनाव तोकेको छ । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाका अनुसार यो चुनाव सफल पार्न संसदमा भएका सबै पार्टीसँग छलफल भइरहेको छ ।
‘हाम्रो पार्टीले निर्वाचन घोषित मितिमा गर्न सकारात्मक वातावरण बनाउन नेतृत्वदायी भूमिका खेल्नेछ’, उनले भने ।
माओवादीले सोमबारको बैठकमा समाजवादी मोर्चा विस्तार गर्ने र विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने विषयमा पनि छलफल गरेको छ । नेता सापकोटाका अनुसार यी विषयमा छलफल गर्न बुधबार पनि सचिवालय बैठक बोलाइएको छ ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



