सञ्जालमा ‘एरेस्ट ओली’ अभियान, प्रहरीमा जाहेरी
२० असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर हामी नेपालका संयोजक सुदन गुरुङ प्रहरी कहाँ पुगेका छन् ।
सोमबार मात्र सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान चलाइएको थियो । जेनजी आन्दोलनको पहिलो दिन २३ भदौमा भएको बर्बर दमनमा तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
जेनजी अगुवाहरुले पोस्ट गरेपछि यो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
त्यसपछि सुदन आफैं जोहरी लिएर गएका हुन् । उनी सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर उनको जाहेरी दर्ता भएको छैन ।
एक अधिकृतका अनुसार पूर्व न्यायाधीश गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अनुसन्धान गरिरहेका बेला प्रहरीले जाहेरी दर्ता गर्ने सम्भावना छैन ।
जाँचबुझ आयोगले हालै मात्र ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गर्न र आफ्नो अनुमति विना उपत्यका छाड्न नदिन सिफारिस गरेको थियो । आयोगको सिफारिसअनुसार गृहले अध्यागमन कार्यालयमा पत्रचार गरिसकेको छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)