सञ्जालमा ‘एरेस्ट ओली’ अभियान, प्रहरीमा जाहेरी
२० असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर हामी नेपालका संयोजक सुदन गुरुङ प्रहरी कहाँ पुगेका छन् ।
सोमबार मात्र सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै अभियान चलाइएको थियो । जेनजी आन्दोलनको पहिलो दिन २३ भदौमा भएको बर्बर दमनमा तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
जेनजी अगुवाहरुले पोस्ट गरेपछि यो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
त्यसपछि सुदन आफैं जोहरी लिएर गएका हुन् । उनी सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर उनको जाहेरी दर्ता भएको छैन ।
एक अधिकृतका अनुसार पूर्व न्यायाधीश गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अनुसन्धान गरिरहेका बेला प्रहरीले जाहेरी दर्ता गर्ने सम्भावना छैन ।
जाँचबुझ आयोगले हालै मात्र ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का गर्न र आफ्नो अनुमति विना उपत्यका छाड्न नदिन सिफारिस गरेको थियो । आयोगको सिफारिसअनुसार गृहले अध्यागमन कार्यालयमा पत्रचार गरिसकेको छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

