बालेन र सुदनविरुद्ध पनि पर्यो जाहेरी
२१ असोज, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका प्रमुख बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलसँग परामर्श गरेर जवाफ दिने बताएको छ ।
मंगलबार मात्र जेनजी आन्दोलनका घाइते र मृतकको परिवारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले यसलाई दर्ता नगरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
लगत्तै एमाले विद्यार्थी संगठन अखिलका नेताहरु जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । उनीहरुले सिंहदरबार लगायतका संरचनामा भएको तोडफोड र आगजनी, प्रहरी हत्या लगायतका विषयमा बालेन, सुदन लगायतका विरुद्ध जाहेरी दिएका हुन् ।
जाहेरी दर्ताका लागि पुगेका नेताहरुसँग प्रहरी अधिकृतहरुले छलफल गरेका थिए । छलफलपछि अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले सञ्चारकर्मीहरुलाई बताए अनुसार प्रहरीले सरकारी वकिलसँग सल्लाह गरेर २४ घण्टाभित्र निर्णय दिन्छौं भनेको छ ।
उनले कोकोविरुद्ध जाहेरी दिएको खुलाउन चाहेनन् । तर प्रमाणसहित जाहेरी दिएको बताए ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






