जाँचबुझ आयोगले भन्यो : फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न प्रतिवेदन कुर्न पर्दैन
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्न जोकसैलाई पनि कारबाही गर्न सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कुर्न नपर्ने प्रष्ट्याएको छ ।
यसअघि गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको घटनाको विषय जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै विज्ञप्ति निकालेको थियो ।
आयोगले मंगलबार विज्ञप्ति निकालेर फौजदारी मुद्दामा कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने प्रष्ट्याएको हो ।
तत्कालिन सत्तारुढ दल एमालेका नेता कार्यकर्ताले भदौ २४ गते भएको निजी तथा सरकारी सम्पत्ति तोडफोड र आगजनीको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएका छन् ।
त्यस्तै जेनजी प्रतिनिधि, भदौ २३ मा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको आफन्त र घाइतेहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



