महेश बस्नेतले दिए साइबर ब्यूरोमा बयान
नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोमा वयान दिएका छन् ।
एक महिलाले दिएको जाहेरीमा ५ महिनापछि साइबर ब्यूरोले उनीसँग बयान लिएको हो । बस्नेतले बुधबार पत्रकार सम्मेलन गरेर आफूले साइबर ब्यूरोमा बयान दिएको बताएका छन् ।
उनले हुदै नभएको मुद्दा सिर्जना गरेर, अनेक खालका पात्र खडा गरेर गिरफ्तार गर्ने प्रयत्न गरेको बताएका छन् ।
५ महिनासम्म साइबर ब्यूरोले प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दामा सरकारी वकिलको आग्रहमा आफूसँग बयान लिएको बस्नेतले बताए ।
उनले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमनको निष्पक्ष छानबिन गरेर दोषी जो देखिन्छ उनीहरुलाई कारबाही गर्नुपर्ने पनि बताए ।
त्यस्तै भदौ २४ गते रवि लामिछानेलाई नख्खुबाट मुक्त गराउन भएको घटना, सरकारी, निजी सम्पत्ति र पार्टी कार्यालय तोडफोडको पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)