महेश बस्नेतले दिए साइबर ब्यूरोमा बयान
नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोमा वयान दिएका छन् ।
एक महिलाले दिएको जाहेरीमा ५ महिनापछि साइबर ब्यूरोले उनीसँग बयान लिएको हो । बस्नेतले बुधबार पत्रकार सम्मेलन गरेर आफूले साइबर ब्यूरोमा बयान दिएको बताएका छन् ।
उनले हुदै नभएको मुद्दा सिर्जना गरेर, अनेक खालका पात्र खडा गरेर गिरफ्तार गर्ने प्रयत्न गरेको बताएका छन् ।
५ महिनासम्म साइबर ब्यूरोले प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दामा सरकारी वकिलको आग्रहमा आफूसँग बयान लिएको बस्नेतले बताए ।
उनले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमनको निष्पक्ष छानबिन गरेर दोषी जो देखिन्छ उनीहरुलाई कारबाही गर्नुपर्ने पनि बताए ।
त्यस्तै भदौ २४ गते रवि लामिछानेलाई नख्खुबाट मुक्त गराउन भएको घटना, सरकारी, निजी सम्पत्ति र पार्टी कार्यालय तोडफोडको पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

