चुनावमै जानुपर्छ, कसैले अहंकार देखाउने होइन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जानु नै अहिलेको सबैभन्दा राम्रो विकल्प भएको बताएका छन् ।
शुक्रबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले आफूहरु फागुन २१ गतेको चुनावमा सहभागी हुने र त्यो चुनावमा सबै सहभागी हुने वातावरण बनाउनुपर्ने बताए ।
‘अहिलेको आवश्यकता निर्वाचन सफल पार्नको लागि सबै एकजुट हुनु हो । भोलिको आवश्यकता सबै मिलेर जेनजी युवाहरुको भावना र मागलाई संबोधन गर्ने गरी संविधान संशोधन गर्नु हो’, उनले भने ।
अहिलेको सरकारप्रति असहमति भए पनि निर्वाचनमा भाग लिने उनले बताए । माओवादी संयोजक प्रचण्डले निर्वाचनको वातावरण बनाउने सरकारको दायित्व भएको पनि बताए ।
जेनजी युवाहरुले राजनीतिक दलको नेतृत्वप्रति पनि प्रश्न उठाएको भन्दै प्रचण्डले आफू पार्टीको नेतृत्व छाड्न तयार रहेको बताए । आफूले राजनीतिबाट रिटायर्ड हुने कल्पना नगरेको तर पार्टीको नेतृत्वमै रहनुपर्छ भन्ने चाहिँ नरहेको बताए ।
‘म पार्टीको प्रमुख भइराख्नुपर्छ भन्ने छैन, एउटा निश्चित प्रक्रियाबाट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा रहेर देशलाई निकास दिने पहल गर्नुपर्छ’, उनले भने ।
अहिले राजनीतिक दलहरुले आफ्नो कमी कमजोरी स्वीकारेर जेनजी युवाहरुको भावना अनुसार अघि बढ्नुपर्ने प्रचण्डले बताए । ‘फेरि पनि अहंकार नै प्रदर्शन गर्यौं, गल्ती कमजोरी भयो भनेर केलाउनेतिर गएनौं भने झन् ठूलो दुर्घटना हुन सक्छ’, उनले भने ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?
जसले भेट्रानहरुलाई साइड लगाए

-1773931562.jpeg)
-1773930665.jpeg)
-1773656815.jpeg)
