युवा संघलाई मोटरसाइकल र्याली गर्न रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेको युवा संगठन राष्ट्रिय युवा संघलाई मोटरसाइकल र्याली गर्न स्वीकृति नदिने भएको छ ।
युवा संघले भोलि शनिबार मोटरसाइकल र्याली गर्ने तयारी गरेको थियो । बिहीबार गुण्डुमा भएको कार्यक्रममा एमाले नेता महेश बस्नेतले यसको घोषणा गरेका थिए ।
तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्वीकृति नदिने बताएको छ ।
प्रजिअ ईश्वरराज पौडेलका अनुसार फरक फरक समूहले मोटरसाइकल र्याली गर्ने सूचना आएको छ । यस्ता र्याली, जुलुस, धर्नाले सुरक्षा चुनौती बढाउन सक्ने भन्दै प्रशासनले स्वीकृति नदिने बताएको छ ।
युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरेको थियो । तीनकुनेबाट सुरु हुने र्याली माइतीघर त्रिपुरेश्वर, सुन्धारा, जमल, कृष्ण पाउरोटी, गौशाला, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै आएर पूरा हुँदै थियो ।
युवा संघले गरेको कार्यक्रममा एमालेका अरु जनसंगठन र पार्टीकै पनि सहभागी हुँदै थियो । जिल्ला प्रशासन कार्यालयले रोक लगाइदिएपछि के गर्ने भन्ने छलफल भइरहेको युवा संघका प्रवक्ता पौडेलले बताए ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



