कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वान गर्ने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावका लागि कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वानको तयारी गर्ने बताएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले सातै प्रदेशबाट सुझाव संकलन गरेर उम्मेदवार छनोट विधि बनाउने र कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वान गर्ने तयारी गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले एकीकृत निर्वाचन खाका अन्तर्गत उम्मेदवार छनोट विधिका लागि सुझाव संकलन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा सातै प्रदेशका सभापति, केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सदस्य रहेका छन् । उक्त कार्यदललाई सुझाव संकलनका लागि ७ दिनको समय दिइएको छ । त्यसपछि रास्वपाले कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वान गर्ने प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
रास्वपाले बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्च संवाद समिति गठन गरेको छ ।
समितिले राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक राजनीतिक शक्ति र समूहसँग वार्ता गर्नेछ ।
रास्वपाले केन्द्रीय सल्लाहकार परिषदमा ५ जनालाई मनोनयन गरेको छ । जसमा चितवनका जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाल भूमि, ललितपुरका शोभा जोशी बिजुक्छे, सप्तरीका बुद्धिलाल विश्वकर्मा र महोत्तरीका जयकिशोर लाल रहेका छन् ।
त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठक कात्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको छ । बैठकको व्यवस्थापनका लागि केन्द्रीय सदस्य हरि ढकालको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता झाले बताए ।
हेर्नुहोस् रास्वपाको निर्णयहरु

राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

