नेताहरुले राजीनामा मागे, ओलीले गरे महेश बस्नेतको प्रशंसा
                                                                    
                                
                            २४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओलीले भने संकटमा साथ दिएको भन्दै महेश बस्नेतको प्रशंसा गरे । बहादुरको संज्ञा दिएका छन् ।
जेनजी बिद्रोहपछि १२ असोजमा बसेको बैठक ओलीको प्रतिकुल देखिएको थियो । त्यसैले उनले बैठक रोकेर सार्वजनिक कार्यक्रमहरु गरे । बिहीबार त उनले चुनाव होइन, संसद पुनस्र्थापनामा जोड दिनुपर्ने बताएका थिए ।
त्यसको भोलिपल्ट बोलाइएको एमाले सचिवालयको बैठकका साथ हेरिएको थियो । शुक्रबार ओलीको निवास, गुण्डुमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे, ओलीको विपक्षमा उभिए ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखित रुपमै धारणा राखे । शाक्यले अध्यक्ष ओलीको राजीनामा नै मागिन् । ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने र पुरानाहरुले समेत विदा लिनुपर्ने भन्दै उनले बैठकमा भनेकी थिइन्, अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न सक्दैन ।’
शाक्यले नेता महेश बस्नेतको पछिल्ला अभिव्यक्तिहरुमाथि समेत प्रश्न उठाएकी थिइन् । बस्नेतको अभिव्यक्तिले पार्टीलाई फाइदा नगर्नेको धारणा थियो ।
अरु विषय बोल्न सुनिरहेका ओली बस्नेतको विषय आउँदा भने चुप बनेनन् । उनले जवाफ फर्काइहाले । अठ्यारो पर्दा, संकट पर्दा अरु नबोलेको भन्दै ओलीले भनेका छन्, ‘उनी एउटा बहादुर रहेछ । उही बोल्छ, उसैले काम गर्छ ।’
बैठकमा नेताहरुले पूर्व राष्ट्रपति विद्या भण्डारीको विषय समेत उठाएका छन् । उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापाले समेत भण्डारीको सदस्यता नविकरण नगर्ने निर्णय पुनर्विचार गर्नुपर्ने मत राखेका छन् ।
बैठकमा नेताहरु बोल्ने क्रम सकिएको छैन । भोलि बस्ने बैठकपछि एउटा धारणा तय हुने नेताहरुले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने संकटको बेलामा नेतृत्वलाई साथ दिनुपर्ने बताए ।
छिटै महाधिवेशन गरेर अहिशले उठेका सबै प्रश्नको हल खोल्ने बताए । अनि अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको बताए ।
 
                                                    ८ दलको एकतापछि बन्ने पार्टीको चुनाव चिह्न तारा, नाम फाइनल हुन बाँकी
                                                    माओवादी र एकीकृत समाजवादी एकतापछिको बैठक कात्तिक २० गते
                                                    एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा
                                                    पोखरामा गर्ने भनेको ११ औं महाधिवेशन काठमाडौंमा सार्ने एमालेको निर्णय
                                                    प्रधानमन्त्रीको प्रष्टीकरण : कसैको दबाब र प्रभावमा गृहमन्त्री हटाइँदैन
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)