ओली पक्राउ पर्छन् भने मलाइ पनि समाते हुन्छ : सुदन गुरुङ
हामी नेपालका संयोजक सुदन गुरुङले केपी ओली र रमेश लेखक पक्राउ पर्छन् भने आफू गिरफ्तारी दिन तयार रहेको बताए ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले सिंहदरबार जलाएकोमा कारबाही गर्न बालेन शाह र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् ।
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेले प्रहरी कार्यालयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएपछि एमालेको विद्यार्थी संगठनले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफू केपी ओलीसँगै पक्राउ पर्न तयार रहेको बताए ।
‘सुदन गुरुङ भित्र छिरेर केपी ओली वा रमेश लेखक भित्र छिर्छ भने म तयार छु । म गएर शहीदहरुले न्याय पाउँछ भने तयार छु’, उनले भने, ‘मलाई उहाँ (केपी शर्मा ओली) सँग एउटै रुममा राखिदिनुपर्यो ।’
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति मान्दिन भनेर उम्किन नपाउने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ १९ गते गोली हानेर नवयुवाको हत्या गरेकामा ओलीमा कुनै हिनताभाव नदेखिनु आश्चर्यजनक रहेको गुरुङले बताए ।
‘उहाँहरुले हत्या गर्नुभएको हो, बच्चाहरु मार्नुभएको हो, त्यसमा एउटा रिग्रेट पनि देखेको छैन । हाम्रो इन्टेन्सन थिएन, यस्तो भइहाल्यो, छानबिनका लागि हामी तयार छौं भन्नुपर्नेमा हामीलाई च्यालेन्ज गर्ने ? त्यसो भए विधिको शासन किन चाहियो ? छानबिन समिति मान्दिन भनेर उम्कन पाइन्छ ?’, गुरुङले प्रश्न गरे ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

