मंसिर १८ भित्र महाधिवेशन गर्न धवलशमशेरको अल्टिमेटम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन् ।
काठमाडौंमा आइतबार आफू पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन् ।
महामन्त्री राणाले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए । उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकाले सो भन्दा अगाडि नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए ।
‘अब महाधिवेशन र आन्दोलनकै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । यो केन्द्रीय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भइरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकता छ । नत्र हाम्रो समिति अवैध हुन्छ’, उनले भने ।
राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाउन महामन्त्री राणाको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रीय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

